सिरहा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह अनुगमनका लागी आउने कुरा सुन्ना साथ कर्मचारीहरु भाग्न थालेका छन् । आज मुख्यमन्त्री सिंहले सिरहाको मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व–पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गरेका छन् । उनि आएको थाहा पाउना साथ् धमाधम कर्मचारीहरु भागेका थिए ।
अनुगमनका क्रममा अस्पताल तथा होटल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ गरिएको छ । अनुगमन टोली देखेपछि अस्पताल भर्ना भएका बिरामी छोडेर धमाधम भागेका थिए ।
यसैगरी, अनुगमन टोलीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुङ्गेरिया स्वीट्स एन्ड चाट हाउस सिल गरेको छ । अखाद्य तथा कुहिएका वस्तु प्रयोग गरिएको र जथाभावी फोहरमैला भेटिएपछि चाट हाउस सिल गरिएको हो ।