ज्ञानेन्द्रदवारा जरिवाना पत्र बुझ्न अस्वीकार, पत्रीकामा सूचना निकाल्ने महानगरको संकेत

१७ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् ।

तीनकुनेमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले विभिन्न शिर्षकमा ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो । उक्त पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई त्यहाँबाट फिर्ता पठाइएको छ ।

टोली यत्तिकै फर्केपछि काठमाडौं महानगरपालिकाले कानुनी प्रक्रियामा गएर भएपनि उठाउने भएको छ ।

महानगरका कानुनी सल्लाहरका अधिवक्ता ओम प्रकाश अर्यालका अनुशार पत्र बुझ्न नमान्ने लाइ पत्रीकामा सूचना निकाल्ने, हुलाक मार्फत चिठी पठाउन पनि सकिने प्राबधान रहेको छ । त्यति हुँदा पनि उठेन भने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार उठाउन प्रक्रिया अगाडी महानगरले बढाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.