काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकता अन्तिम चरणमा रहेको बेला नेतृत्वका लागि विवाद उत्पन्न भएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एकीकृत पार्टीमा सीके राउत बराबरको हैसियत माग गरेपछि विवाद उत्पन्न भएको हो ।
एकीकृत पार्टीको सहअध्यक्ष श्रेष्ठलाई राख्ने सहमति भएको कुरा बाहिर आएपछि उनी सहमत देखिएकी छैनन् । पार्टीको पहिलो वरीयतामा संरक्षकको रूपमा रेसम चौधरी, दोस्रोमा सीके राउतको अध्यक्ष पद कार्यकारी हुनेछ । तेस्रो वरीयतामा रञ्जिता श्रेष्ठलाई राखिएको छ ।
तर रञ्जिता श्रेष्ठले दुई पार्टी बिच एकता भएको कारण आफू पनि अध्यक्षमै रहने दाबी पार्टीमा गरेकी छिन् । एकता घोषणाको तयारी चलिरहेको बेला रञ्जिता श्रेष्ठले नयाँ लफडा सिर्जना गरेकी छन् l श्रेष्ठलाइ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भएको आरोप लाग्दै आएको छ ।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका एकतालाई प्रधानमन्त्री ओलीले नरुचाएर श्रेष्ठलाइ उचालेको हुनसक्ने पार्टीका नेताहरुको भनाइ रहेको छ । श्रेष्ठले अन्तिममा आएर नयाँ लफडा निकाल्नुमा प्रधानमन्त्री अोलीको हात हुनसक्नेआशंका व्यक्त गरेका छन् ।