काठमाडौं । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन् । यादवलाई आइतबार दिउँसा ४ बजेतिर राजविराजबाट पक्राउ गरिएको हो । उनलाई पक्राउ गर्न ललितपुर जिल्ला प्रहरी कार्यालयबाट सप्तरी प्रहरीलाई केहीदिनअघि पत्राचार गरिएको थियो । ललितपुर जिल्ला प्रहरी कार्यालयमा यादवविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता छ । ललितपुर जिल्ला अदालतबाट केहीदिन अघि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । एनआएनए (गैर आवासमीय मधेशी संघ) को रकमबाट बनेको काठमाडौं र जनकपुरको जनमतको घर विवादको कारण यादवविरुद्ध जाहेरी जनमत पार्टीले नै दर्ता गराएको थियो र उनि पक्राउ परे।
पक्राउ गर्नुको कारण :
काठमाडौंको इमाडोलमा रहेको घर पार्टीको नाममा दिन नमानेको, हरहिसाबमा अनियमितता गरेको
काठमाडौंको घर पार्टीको नाममा दिन नमानेर आफ्नो श्रीमतीको नाममा गराएपछि पार्टीले यादवविरुद्ध ठगी तथा अपराधिक विश्वासघात जाहेरी दर्ता गराएको
विदेशमा बस्दै आएका ६० भन्दा बढी नेता, कार्यकर्ता तथा एरिया इन्चार्जबाट लगानी शेयर तथा लेबीका नाममा करोडौं उठाएर काठमाडौंको कोटेश्वरमा घर किनेको
प्रवासी होटल चलाउने गरेको, जनकपुरमा घर/स्कुल चलाउनेसहितका विभिन्न कारोबारहरू सञ्चालन गर्दै आएको
पार्टीमा पटक–पटक ठगी गरेको भनेर उजुरी परेपछि पटकपटक अनुरोध गर्दा पनि उनीहरूसँग हरहिसाब क्लियर नगरेको