प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह पूर्व राजा ज्ञानेन्द्र शाह संग भएको सम्झौता तोडिएको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकमा बताए अनुसार संविधानसभाको ऐतिहासिक निर्णयपछि पूर्वराजा ज्ञानेन्द्र शाहसँग विभिन्न बुँदामा सम्झौता गरिएको बताउनु भएको थियो।
प्रधानमन्त्री ओलीले संसद्मा भन्नुभयो -“त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार, व्यवसाय सञ्चालन गर्ने, पूर्वराष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको थियो ।
तर अहिले आएर पूर्वराजा ज्ञानेन्द्रले सम्झौता बिपरित अराजक गतिबिधि गर्न थालेको हुनाले सम्झौता तोडिएको घोषणा गर्नु भएको हो।