रौतहट । आम जनता पार्टी (आजपा) का उपमहासचिवपछि केन्द्रीय वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पनि प्रभु साहको साथ छोडेका छन्। वरिष्ठ उपाध्यक्ष साहले आफ्नो आधिकारिक फेसबुकमार्फत सो घोषणा गरेका छन् । राष्ट्रिय जनमोर्चा पार्टीबाट राजनीति सुरु गरेका साहले यसअघि माओवादीको पोलिटब्युरो सदस्यको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन्।
साह नेकपा एमालेको केन्द्रीय सदस्य, पार्टी जिल्ला इन्चार्ज र नेकपा एमालेबाट तेस्रो स्थानमा समानुपातिक सांसदको लागि सिफारिस भएका थिए। साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्आ -“आजपाको राष्ट्रिय अध्यक्ष माननीय प्रभु साहसँग भएको लामो सहयात्राको लागि उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। उहाँको पार्टी प्रगति गरोस् हार्दिक शुभकामना छ। आजको मितिदेखि म आजपाको कुनै पनि संगठन जिम्मेवारीमा नरहेको सबैमा जानकारी गराउँदछु”।
उहाले फेसबुकमा जे लेखेपनि पछिल्लो केही महिनादेखि आजपा अध्यक्ष प्रभु साह र उनीबिच अविश्वासको वातावरण बनेको थियो। तिन वटा पार्टी बदलेका साहले अब कुन पार्टीमा जान्छन हेर्न बाकि छ ।