काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जति धोए पनि सफा बनाउन नसकिने बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले निर्मल निवासमा बसेर त उत्पात मच्चाउने ज्ञानेन्द्रले नारायणहिटी राजदरबारमा बसेको भए के गर्थे होला भन्दै प्रश्न गरे ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई पति धोए पनि सफा बनाउन सकिँदैन, महामन्त्री थापाले भने -“निर्मल निवासमा बसेर त काठमाडौँमा यस्तो उत्पात मच्चाए । अझ नारायणहिटी दरबारमा बसेको भए के गर्थे होला ?” जनताले छानेका प्रतिनिधि देश चलाउन सक्षम रहेको थापाले बताए । बरु मुलुकमा रहेको भ्रष्टाचार र कुशासन कसरी अन्त्य गर्ने भन्नेमा ध्यान दिनुपर्ने उनको भनाई थियो ।
महामन्त्री थापाले ज्ञानेन्द्र व्यवहारका कारण आफूहरू लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जान बाध्य भएको बताए । परिपक्व निर्णय गरेर यो व्यवस्थामा पुगिएको भन्दै अब पुरानो अवस्थामा फर्कन असम्भव रहेको उनको भनाइ थियो ।