आसे पासेहरु मस्तीमा, उपाध्यक्ष साह ६ महिनाका लागि निलम्बन

२२ चैत, काठमाडौं । जनमत पार्टीले उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक दीपककुमार साहलाई छ महिनाका लागि निलम्बन गरेको छ ।

महोत्तरीको बर्दिबासमा केन्द्रीय समितिको बैठक बस्नु अघि साहलाई सात दिने स्पष्टीकरण सोधिएको थियो । साहले पार्टीमा पेस गरेको स्पष्टीकरण चित्त बुझ्दो नभएको जनाउँदै छ महिना निलम्बन गरिएको हो ।

उपाध्यक्ष साह माथि पार्टीमा जिम्मेवारी अनुसारको भूमिका निर्बाह नगरेको, अध्यक्षको विरुद्धमा गतिविधि गरेको, पार्टीको बारेमा नचाहिदो कुरा बाहिर बाहिर गरेको लगायतका आरोप लागेको थियो । तर साहले आफू माथि लागेका आरोपको आधार पुष्टि गर्न माग गर्दै स्पष्टीकरण बुझाएका थिए।

जनमतका अध्यक्ष सिके राउत ले बेला बेला मा पदाधिकारीहरुलाई निलम्बन गर्दै आएको छ भने आफूलाई चित बुझ्यो वा आफ्नो आसे पासे बाहेकलाइ रिसिबी जस्तै स्पष्टिकरण लिने र हटाउने गरेको आरोप लाग्दै आएको छ । स्रोतका अनुशार पार्टी बनाउनमा अध्यक्ष राउतको जति भूमिका छ त्यो भन्दा कम उपाध्यक्ष साहको पनि छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.