आइतबारको निर्णायक वार्तापछि मात्र एकता, यी बिषयमा हुनेछ वार्ता

जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच एकीकरणको टुंगो लगाउन दुई दलको निर्णायक वार्ता आइतबार हुने भएको छ। जनमतका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीबीच पार्टी एकताका लागि अन्तिम चरणको वार्ता हुन लागेको हो ।

जनमतका अध्यक्ष राउतसँग निर्णायक वार्ता हुने नाउपाका संरक्षक चौधरीले जानकारी दिनु भएको छ । राउत र चौधरीको वार्ताअघि त्यही दिन बिहान ८ बजे दुईदलीय कार्यदलको बैठक बोलाइएको छ । बैठकका लागि बर्दियाको अमरपुर स्थान निर्धारण गरिएको छ । आइतबारको छलफल मुख्यगरी केन्द्रीय समितिको आकार, संघ र प्रदेश सभामा पदीय भूमिकाको बाँडफाँट लगायतका विषयमा छलफल हुने भएको छ । जनमतको संघीय संसदमा ६ र प्रदेशमा १६ सांसद छन् भने नाउपाको संघमा ४ र प्रदेशमा १२ सांसद छन् ।

प्रतिनिधि सभामा जनमतको संसदीय दलको नेता पार्टी अध्यक्ष राउत छन् भने नाउपाको संसदीयको नेता गंगाराम चौधरी छन् । प्रदेश र संघीय संसदमा कस्तो हैसियतमा रहने कार्यदलले टुंगो लगाउँछ नाउपाका संरक्षक चौधरीले भने ।

जनमतमा केन्द्रीय सदस्यको संख्या ७ सयसम्म बनाउन सकिने व्यवस्था छ । जनमतको विधामा कार्यकारणी सदस्य ६० र सचिवालय १७ जनाको हुने प्रावधान छ ।केन्द्रीय समितिको आकार, पदाधिकारीको संख्या, विधान लगायतमा पर्सिको बैठकमा छलफल गर्छौं जनमतका एक नेताले भने -“धेरै कुरा मिलिसकेको छ । पार्टी संरचना र कार्यसमितिमा रहने संख्याबारे अबको बैठकबाट सहमति जुटाउँछौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.