मुकेश चौरसियालाई सहिद घोषणा गराउन पहल गर्छु – पूर्व प्रधानमन्त्री प्रचण्ड

मुकेश चौरसियालाई सहिद घोषणा गराउन पहल गर्छु – पूर्व प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते काठमाडौँमा हुने विरोध सभामा ठुलो सङ्ख्यामा उपस्थित हुन पर्साका जनतालाई अपिल गरेका छन् । आज जनतासँग माओवादी तराई–मधेस जागरण अभियान गर्दै वहुअर्वामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले विरोध सभामा आउन पर्सा बासि लाइ अपिल गरेका हुन् । उहाले भन्नु भयो -"केपी ओली नेतृत्वको गठबन्धन सरकार उल्टो बाटोमा हिँडेकाले ठुलो सङ्ख्यामा उपस्थित भएर दबाब दिन आवश्यक भएको छ ।" गणतन्त्र नै धराप मा परेको हुनाले खबरदारी गर्ने उद्देश्यले चैत्र १५ गते काठमाडौँमा अलि ठुलै सङ्ख्यामा जनप्रदर्शन गर्ने योजना छ । तपाईं…
Read More
लोसपाका मन्त्रीहरु काम गर्न नसकने, र निकै आलोचना खेपेपछि पार्टीले दियो यस्तो निर्देशन

लोसपाका मन्त्रीहरु काम गर्न नसकने, र निकै आलोचना खेपेपछि पार्टीले दियो यस्तो निर्देशन

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीबाट मन्त्री बनेकालाई जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिएको छ । लोसपा नेपालको सचिवालयको बैठकले सो निर्देशन दिएको हो । लोसपा नेपालबाट सङ्घ तथा मधेश प्रदेश सरकारमा मन्त्रीहरू सहभागी छन् । प्रदेशदेखि केन्द्रसम्मको सरकारको आलोचना भइरहेको बेला लोसपा नेपालले मन्त्रि हरुलाई सो निर्देशन दिएको हो। संघ देखि मधेश प्रदेश सम्म सहभागी कुनै पनि मन्त्रीले काम गर्न सकेको छैन। मधेस प्रदेशमै सरकारको निकै आलोचना भइरहेको छ, पार्टीका नेता तथा कार्यकर्ताले पनि असन्तुष्टि जनाएपछि असन्तुष्टिलाई सम्बोधन हुने गरी कार्य गर्न पार्टीले मन्त्रीहरु लाइ जनअपेक्षाअनुसार काम गर्न निर्देशन दिएको हो। स्रोतका अनुशार लोसपामा अहिले निर्देशन दिए पनि…
Read More
राष्ट्रिय पार्टी बन्न ३% थ्रेसहोल्ड, ७०% उम्मेदवार र ३ वटा प्रदेशमा १/१ सिट जित्नुपर्ने सर्त

राष्ट्रिय पार्टी बन्न ३% थ्रेसहोल्ड, ७०% उम्मेदवार र ३ वटा प्रदेशमा १/१ सिट जित्नुपर्ने सर्त

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन संशोधन मस्यौदाउपर विद्यमान व्यवस्थाबाहेक केही फरक र कडा प्रस्ताव गर्दै राय सुझाव मागेको छ । आयोगले सूचना जारी गरेर सरोकारवालाहरूसँग ऐन परिवर्तनका लागि सरोकारवालाहरूसँग १० दिनभित्र सुझाव पठाउन भनेको हो । आयोगको राजनीतिक दलसम्बन्धी मस्यौदा संसदबाट स्वीकृत भएमा स्वतन्त्र उम्मेदवारका रूपमा जितेका कुनै पनि उम्मेदवारले त्यो कार्यकालभर कुनै पनि राजनीतिक पार्टीको सदस्य बन्न नपाउने नयाँ ऐन बन्ने छ । त्यसैगरि सांसदहरूले सङ्ख्या पुर्‍याएर दल विभाजन गर्न सक्ने भए पनि त्यसो गरेमा उनीहरूको सांसद पद भने नबच्ने उल्लेख छ । हालको प्रावधान अनुशार आवश्यक सङ्ख्या पुर्‍याएर एउटा पार्टी फुटाइ अर्को पार्टी बनाउँदा पनि सांसद…
Read More
विकास निर्माणका साथै सरुवा बढुवाका लागि फोन नगर्नु – अध्यक्ष राउत

विकास निर्माणका साथै सरुवा बढुवाका लागि फोन नगर्नु – अध्यक्ष राउत

७ चैत, काठमाडौं । काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न विकास निर्माणका योजनाका साथै सरुवा बढुवाका लागि आफूलाई फोन नगर्न नेता तथा कार्यकर्ता आग्रह गरेका छन् । मधेस प्रदेशमा योजनाको पत्रलाई लिएर भइरहेको विवाद तथा झैझगडाबारे उल्लेख अध्यक्ष राउतले आफ्नो फेसबुकमार्फत विकास निर्माणका योजनाका साथै सरुवा बढुवाका विषयमा आफूलाई फोन नगर्न आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘हजारौँ योजना छन्, कुन पत्र कहाँ छन्, कसले पाए, कसले पाउनु पर्ने कुन योजना कसले राख्यो यो पार्टीले वा पार्टीको अध्यक्षले हिसाब राख्ने कुरा होइन ।’ अध्यक्ष राउतले ‘जनमत पार्टीका असल कार्यकर्ताहरू बदनाम हुने योजनाहरूमा फस्न नहुने’ समेत बताएका…
Read More
थारु, मुस्लिमलगायत समुदायको आरक्षणको माग सम्बोधन हुन्छः प्रधानमन्त्री

थारु, मुस्लिमलगायत समुदायको आरक्षणको माग सम्बोधन हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय निजामती सेवा ऐन जारी भएपश्चात् थारु, मुस्लिमलगायतका अन्य पक्षको आरक्षणका विषय सम्बोधन हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा प्रश्नकर्ता सांसद बिनाकुमारी थनैतले थारु समुदायलाई छुट्टै वर्गका रुपमा आरक्षणको व्यवस्था नगरिएको र निजामती सेवा ऐन जारी गर्न भइरहेको ढिलाइबारे प्रश्न गरेकी थिइन् । प्रधानमन्त्री ओलीले सांसद थनैतको प्रश्नको जवाफ दिँदै सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० पारित भएर ऐन जारी भएपश्चात् थारू, मुस्लिम लगायतका अन्य पक्षको आरक्षण लगायतका विषय सम्बोधन हुने बताए । उक्त विधेयक माथि अहिले संसद्को राज्य व्यवस्था समितिमा दफावार छलफल भइरहेको…
Read More
प्रधानमन्त्री तथा मन्त्रीहरू फेल, आजपाले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

प्रधानमन्त्री तथा मन्त्रीहरू फेल, आजपाले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

७ चैत, काठमाडौं । आम जनता पार्टी (आजपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । आजपाको आज बसेको पदाधिकारी बैठकले ओलीलाई राजीनामा दिएर अन्तरिम सरकार गठनका लागि मार्ग प्रशस्त आग्रह गरेको हो ।अहिले को प्रधानमन्त्री र मन्त्रीहरु कार्यसम्पादन मुल्यांकनमा फेल भएको र सरकार जनस्तरबाट अस्वीकृत एवं असफल भएकोले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आजपाले निष्कर्ष निकालेको छ । आजपाका प्रवक्ता चन्द्रभुषण साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारको कारण आर्थिक सूचकांकहरु नकारात्मक बनेको, वैदेशिक कुटनीतिक सम्बन्धहरु अवरुद्ध भएको, कार्यसम्पादन मूल्यांकनमा प्रधानमन्त्री तथा बहुमत मन्त्रीहरू फेल भएको, सरकार आफैं जनस्तरबाट अस्वीकृत भएको र सेवा प्रवाह, सुशासन एवं विकासका कामहरु…
Read More
नेपालमा मधेसी भिख माग्न बसेको होइन : सांसद डा.अमरेशकुमार सिंह

नेपालमा मधेसी भिख माग्न बसेको होइन : सांसद डा.अमरेशकुमार सिंह

काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले मधेसी भएकै कारण निजामती कर्मचारी अस्पतालमा कार्यकारी निर्देशकमा पहिलो नम्बरमा सिफारिस भएर पनि डा. प्रमोद यादवको नियुक्ति नभएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद डा. सिंहले तेस्रो नम्बरमा सिफारिस भएका व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्ति गरेकोमा आपत्ति जनाए ।  उनले मधेसी भएकै कारण योग्य व्यक्तिलाई पदमा नपुर्‍याइने गरेको बताए । उनले नेपालमा मधेसी भिख माग्न नबसेको भन्दै योग्यलाई नियुक्त नगरेर सरकारले गल्ती गरेको बताए ।  उनले पूर्वविशिष्टलाई सेवा दिन नहुने उनको भनाइ थियो । उनले स्वास्थ्य सचिवमा पनि मधेसी भएकाले पहिलो नम्बरमा सिफारिस नभएको र अहिले सिभिलमा पनि मधेसी भएकाले नियुक्त नभएको…
Read More
जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा छैन -ओली

जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा छैन -ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा जुलुस निकाल्नुपर्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा नरहेको बताएका छन् । राजावादीको प्रदर्शनमा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोग भएको प्रति प्रधानमन्त्री ओलीले जुलुस निकाल्न विदेशीको फोटो प्रयोग गर्नुपर्ने अवस्थामा नरहेको टिप्पणी गरेका हुन् ।  सोमबार काठमाडौँमा गैरसरकारी संस्था महासंघको ११ औँ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोगको आलोचना भएपछि केपी ओलीले जुलुसमा मान्छे घुसाएको भन्ने तर्क गर्ने गरेको समेत बताए । उनले राजावादीको जुलुस आफूले गराएको र फोटो पनि आफूले राखेको भन्दै कटाक्ष गरे । प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भएपनि उर्वर नेपाली…
Read More
राप्रपाले तिर्‍यो महानगरपालिकालाई १ लाख रुपैयाँ जरिबाना

राप्रपाले तिर्‍यो महानगरपालिकालाई १ लाख रुपैयाँ जरिबाना

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ महानगरपालिकाले गराएको जरिबानास्वरुपको १ लाख रुपैयाँ तिरेको छ । राप्रपाका नेता ज्ञानेन्द्र शाहीलगायतले महानगरपालिकालाई जरिबाना बापतको रकम हस्तान्तरण हुन् । काठमाडौँ महानगरपालिकाले राप्रपाले तिरेका जरिबाना रकमको रसिद समेत जारी गरेको छ।  रकम तिरेपछि शाहीले फेसबुकमा लेखेका छन्, ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौँ ।  राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौँ ।  रु १ लाख हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौँ।’ 
Read More
कांग्रेसले अर्को अभियान सुरु गरेको छ, ‘मिसन रोजगारी’ सबै सेक्टरसँग बहस चलाउने कांग्रेसको योजना 

कांग्रेसले अर्को अभियान सुरु गरेको छ, ‘मिसन रोजगारी’ सबै सेक्टरसँग बहस चलाउने कांग्रेसको योजना 

२५ फागुन, काठमाडौं । स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्ने गरी केही साताअघि कांग्रेसले आफ्नो मुख्यालयमै स्टलसहितको मेला आयोजना गरेको थियो । केही महिनाअघि देखि कांग्रेसले नीति बहस पनि चलाउँदै आएको छ । आइतबारबाट कांग्रेसले अर्को अभियान सुरु गरेको छ, ‘मिसन रोजगारी’ । बढ्दो बेरोजगारीका कारण देश छाड्ने युवा बढिरहेका बेला कांग्रेसले रोजगारीको बहस थाल्न खोजेको छ ।अभियानकै रूपमा एक वर्षसम्म चलाउन खोजिएको बहस दुई चरणमा सम्पन्न गरिने नेपाली कांग्रेसले जनाएको छ । मिसन रोजगारीको क्रममा रोजगारीका क्षेत्र र सम्भावनामाथि सबै सेक्टरसँग बहस चलाउने कांग्रेसको योजना छ । यसले समस्याको पहिचान र समाधानको उपाय खोजी गर्न सहज हुने नेपाली कांग्रेसका महामन्त्री गगन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.